सूचनाको अधिकारले लोकतन्त्र बलियो बनाउँछ, ‘प्रधानमन्त्री’

भदौ ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको अधिकारले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभएको छ ।
सोमबार नवौं राष्ट्रिय सूचना दिवसका अवसरमा सूचना आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘सूचनाको हक र लोकतन्त्र एकअर्कामा अन्योन्याश्रित छन् । सूचनाको अधिकार लोकतन्त्र सुदृढिकरणको लडाईं पनि हो । सही समयमा सही सूचना दिएर मात्र नागरिकको आकांक्षा परिपूर्ति गर्न सकिन्छ । सूचनाको अधिकारले लोकतन्त्र बलियो बनाउँछ ।’
प्रधानमन्त्रीले सूचनाले राष्ट्रिय एकता र स्थीरतामा सहयोग पु¥याउनुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘नेपाललाई स्थीर बनाउने र राष्ट्रिय एकता कायम गर्ने चुनौति हामीसँग छ । जनता र राष्ट्रलाई एकतावद्ध गर्ने चुनौति हाम्रो सामू छ । फरक विचारका बीचमा नयाँ समझदारी र संकल्प खोज्नु हाम्रो दायित्व हो । त्यसका लागि सूचनाले प्रेरक भूमिका खेल्न सक्नुपर्छ ।’
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की, व्यवस्थापिका–संसद विकास समितिका सभापति रबिन्द्र अधिकारी लगायतका वक्ताहरुले सूचनाको हक र लोकतन्त्रको अन्योन्याश्रित सम्बन्धबारे आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको मन्तव्यका मूख्य बुंदा
– सूचना आयोगले छोटै अवधिमा गरेका सकारात्मक र राम्रा कामहरुको निम्ति धन्यवाद दिन चाहन्छु । नयाँ संविधानले सूचनाको हकबारे प्रष्ट व्यवस्था गरेको छ । संविधानका अस्पष्ट व्याख्या प्रष्ट पार्न सरकारले आवश्यक सहयोग गर्नेछ ।
– मानिस अरु प्राणीभन्दा फरक हुनुको कारण श्रम र सूचनाको आदान प्रदान नै हो । लोकतन्त्रको सुदृढीकरणको मूख्य आयाम सूचनाको प्रवाह नै हो । यसले समाजमा जाागरण पैदा ग¥यो । सूचनाको हक र लोकतन्त्र एकअर्कामा अन्योन्याश्रित छन् । सूचनाको अधिकार लोकतन्त्र सुदृढीकरणको लडाईं पनि हो । सही समयमा सही सूचना दिएर मात्र नागरिकको आकांक्षा परिपूर्ति गर्न सकिन्छ ।
– नेपाललाई स्थीर बनाउने र राष्ट्रिय एकता कायम गर्ने चुनौति हामीसँग छ । जनता र राष्ट्रलाई एकतावद्ध गर्ने चुनौतिको परीक्षामा हामी उत्तीर्ण हुनु छ । संक्रमणकालमा फरक विचारका बीचमा नयाँ समझदारी र संकल्प खोज्नु हाम्रो दायित्व हो । यसमा सरकार गम्भीर छ ।
– अहिलेको युग सूचना, सञ्चार र विकासको युग हो । चेतना, सही सूचना र विकासका लागि सिंगो देशलाई केन्द्रित गर्नु सूचनाको मुल दायित्व हो । हामी एकतावद्ध भएर राष्ट्रिय संकल्प गर्ने ठाउँमा छौं ।
– भ्रमका आधारमा होइन, तथ्यका आधारमा सूचनाको संम्प्रेषण गर्नेछौं । नेपालको मौलिकता र विशेषताका आधारमा हामीले देशलाई गर्व गर्न लायक बनाउनुपर्दछ । त्यसका लागि नयाँ संकल्प गरौं ।

कात्तिक ७, २०८१ बिहीबार १:११:५०