स्थानीय तह पूनर्संरचनाबारे प्रमूख दलबीच सैद्धान्तिक सहमति

असोज ९, काठमाडौं । स्थानीय तह पूनर्संरचनाबारे छलफल गर्न बसेको प्रमूख तीन दलको बैठकमा स्थानीय तह पूनर्संरचनाबारे सैद्धान्तिक सहमति जुटेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको प्रमूख तीन दलको बैठकमा स्थानीय तह पूनर्संरचनाबारे छलफल भएको थियो । छलफलमा स्थानीय तह पूनर्संरचना आयोगको कामबारे छलफल भएको थियो ।
बैठकले पुराना इलाकाहरुलाई आधार मानेर त्यसको संख्या र सीमा आसपास स्थानीय तह पूनर्संरचना गर्न आयोगलाई आग्रह गर्ने सहमति भएको छ । बैठकका निर्णयबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भन्नुभयो, ‘स्थानीय तह पूनर्संरचना आयोगको काम प्रभावित नहुने गरी विगतका इलाकीय संरचनालाई आधार मानेर स्थानीय तहको संख्या र सीमा निर्धारण गर्ने सैद्धान्तिक सहमति भएको छ । अब सरकारले दलीय सहमति अनुसार आयोगलाई थप निर्देशित गरेर स्थानीय तहको काम टुंगाउनेछ ।’
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल लगायत तीन दलका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।

कात्तिक ८, २०८१ शुक्रबार ०:५:४७