स्थानीय तहको निर्वाचनमा जुट्न आग्रह

चैत्र ३, भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन सफल पार्न एकतावद्ध भएर अघि बढ्न युवा बिद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।
बिहिबार भक्तपुरमा अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो ‘अहिले हामी जित्छौ वा हार्छौ त्यो मुख्य होइन, मुख्यतः निर्वाचन हुनुपर्छ र लोकतान्त्रिक प्रक्रियाले जित्नु पर्छ यो नै प्रमुख हो ।’
प्रधानमन्त्रीले स्वतन्त्र बिद्यार्थी यूनियनमा क्रान्तिकारी बिद्यार्थीहरुको बिजयले माओवादी पार्टी कमजोर होइन, झनै बलियो भएको छ भन्ने पुष्टि भएको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रसहितका जे जति उपलब्धीहरु हासिल भएका छन्, तिनको रक्षाका लागि फेरि माओवादी केन्द्रले जित्नु जरुरी भएको स्पष्ट गर्नु भयो ।

कात्तिक ८, २०८१ बिहीबार २०:१३:४९