हामीलाई अपराधी करार गर्न ठूलो जमात लागेकाे छः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई अपराधी करार गर्न खोज्नेहरूको संख्या कम नभएको बताउनुभएकाे छ । आइतबार ज्योति स्पर्श र रातो बारुद पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताउनुभएकाे हाे ।

आफू र आफू नेतृत्वको पार्टीले सधैँ दलित, महिला, आदिवासी जनजाति र पीडित वर्गहरूको कुरा उठाएको र त्यसमा अन्य राजनीतिक पार्टीहरूले प्रतिशोध साँधेको अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘संघीय लोकतान्त्रिक गणतन्त्रका लागि भनेर हामीले बन्दुक बिसायौँ,’ उहाँले भन्नुभयाे, ‘त्यसपछि हामीलाई अझ मलाई अपराधी नै हो भनेर करार गर्न ठूलो जमात लागेको छ । यसो गर्नेको संख्या कम छैन । मलाई अपराधी नै हो भनेर करार गर्न खाजेको छन् ।’

उहाँले अगाडि भन्नुभयाे, ‘साहित्यबिनाको राजनीति र राजनीतिबिनाको साहित्य निरस हुन्छ,’ प्रचण्डले भने, ‘कुनै न कुनै हिसाबले यी विषयहरू आपसमा जोडिएनन् भने यो आफैँमा निरस हुन्छ ।’

आफू पनि साहित्यको पारखी भएको उल्लेख गर्दै उहाँले भन्नुभयाे, ‘मलाई पनि खुबै मन पर्ने विधा हो साहित्य । तर जसरी जनयुद्धको नेतृत्व गर्नुपर्ने भयो, त्यसले साहित्यलाई नै अगाडि बढाउन सकिएन । तर, जनयुद्धकै बेला पनि हामीले गीत/संगीत र कविताहरूमार्फत जनतालाई जागरुक बनायौँ । राजनीतिमा आएपछि साहित्यमा लाग्न कहाँ पाउनु । तर पनि साहित्य खुबै रुचाउँछु ।’

अध्यक्ष प्रचण्डले आफुलाई नै अपराधी सावित गरेर मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताउनुभयाे । उहाँले जातीय विभेदका लागि भएका बिद्रोहलाई समेत बदनाम गराउन खोजेको समेत बताउनुभयो । दलित, आदिवासी, जनजाति, महिलाका कुरा उठाएकै कारण आफुले अनेक आरोप खेप्नुपरेको उहाँको भनाई छ ।

अध्यक्ष प्रचण्डले जातिय बिभेदको आन्दोलन सुरु गर्ने रोल्पा रुकुम जस्ता स्थानमा नै दलितसंग प्रेम गरेको आरोपमा मारिनुपर्ने घटना दुर्भाग्यपूर्ण रहेको धारणा राख्नुभयो । संघीय लोकतन्त्रीक गणतन्त्र र शान्तिका लागि बन्दुकको व्यवस्थापन गरेपनि मुलधार भनिने पार्टीहरुले अझैपनि पुरातन सोचमा नै रहेको उहाँकाे तर्क थियाे ।

कात्तिक ७, २०८१ बिहीबार ४:२१:५६