अध्यक्ष क. प्रचण्डद्वारा सचिव क. अनन्तलाई समितिभेज अस्पतालमा भेट

अध्यक्ष कमरेड प्रचण्डले पार्टीका सचिव वर्षमान पुन ‘अनन्त’लाई थाइल्याण्डको बैंककमा रहेको समितवेज अस्पतालमा भेट्नु भएको छ । अध्यक्ष कमरेडले सचिव अनन्तको उपचारमा संलग्न चिकित्सकहरुसँग समेत पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभयो ।

चिकित्सकहरुले अध्यक्ष प्रचण्डलाई कमरेड अनन्तको स्वास्थ्य अवस्थामा विगतमा भन्दा सुधार आएको बताए । अहिले कमरेड अनन्तको स्वास्थ्यस्थितिमा सुधार आएको छ । गत हप्ता वहाँको शरीरमा बढेको बिलिरुबिनको मात्रा अहिलेघटेको छ । चिकित्सकहरुले अहिले पनि उहाँको बिरामीको बारेमा अनुगमन गरिरहेको जानकारी अध्यक्ष प्रचण्डलाई गराए । भोली स्थानीय समय अनुसार बिहान नौ बजे चिकित्सकहरुको टोलीले कमरेड अनन्तको स्वास्थ्य अवस्थाका बारेमा ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ । कमरेड अनन्तलाई हल्का ज्वरो आएको छ ।

ananta_bankok (4)ananta_bankok (2)

ananta_bankok (3)

ananta_bankok (5)

कात्तिक ६, २०८१ बुधबार ५:९:१