अध्यक्ष क. प्रचण्ड राष्ट्रिय सहमतिको सरकारको निम्ति तीव्र छलफलमा

काठमाडौं, असार २७ । अध्यक्ष क. प्रचण्ड केन्द्रीय कार्यालयले गरेको निर्णय बमोजिम राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि छलफललाई तीव्रता दिनु भएको छ । त्यसैक्रममा अध्यक्ष क. प्रचण्डले केन्द्रीय कार्यालयको बैठक पश्चात् नेपाली कांग्रेस र प्रधानमन्त्रीसँग छुट्टाछुट्टै छलफल गर्नुभयो । अध्यक्ष क. प्रचण्डले नेपाली कांग्रेससँग कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा र प्रधानमन्त्रीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुभयो । राष्ट्रिय सहमतिको सरकार निर्माणको निष्कर्षमा नपुग्दासम्म अध्यक्ष क. प्रचण्डले तीव्रताका साथ छलफल जारी राख्नु हुने भएको छ ।

कात्तिक ६, २०८१ बुधबार ३:२१:१३