अध्यक्ष प्रचण्ड र सभामुख घर्ती थाइल्याण्ड जाँदै

काठमाडौं, २० पुस । अध्यक्ष प्रचण्ड र सभामुख ओनसरी घर्ती थाइल्याण्डमा उपचाररत एमाओवादी सचिव वर्षमान पुन ‘अनन्त’को स्वास्थस्थिति जानकारी लिन र थप उपचारकाे सल्लाह गर्न यही पुस २२ गते बुधवार थाइल्याण्ड जानुहुने भएको छ । जण्डिस रोगको उपचारका क्रममा सचिव अनन्त केही दिनदेखि समितिवेज अस्पताल बैंककमा उपचाररत हुनुहुन्छ । थाइ एयरको बिमानबाट त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएका उहाँहरु पुसको २४ गते फर्कनुहुनेछ ।

कात्तिक ६, २०८१ बुधबार ५:८:५९