आइतबारसम्ममा ३ दल र मधेसी मोर्चा एउटा टुङ्गोमा पुग्नेछन्ः अध्यक्ष प्रचण्ड

12459915_1662698780661877_784102871_n

काठमाडौं, १८ पुस । अध्यक्ष प्रचण्डले आइतबारसम्ममा ३ दल र मधेसी मोर्चा एउटा टुङ्गोमा पुग्ने बताउनु भएको छ । १ नं. प्रदेश समितिको बैठकको सिलसिलामा आज बिहान बिराटनगर पुग्नुभएका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै सो बताउनु भएको हो । उहाँले भन्नुभयो, आज एमाले र मधेसी मोर्चाको छलफल हुन्छ, भोली व्यवस्थापिका–संसदको बैठक अघि एउटा टुंगोमा पुगिन्छ ।’

उहाँले संशोधन प्रस्तावमा एमाओवादी, एमाले र काँग्रेसबीच समझदारी बन्दै गएको बताउनु भयो । मधेसी मोर्चा र आफ्नो पार्टीबीचमा छलफल चलिरहेको बताउँदै संवाद र सहमति कायम गर्न आफूले निरन्तर लागिरहेको उहाँको भनाई थियो । उहाँले मधेसी मोर्चा सहमतिमा आउनै पर्ने र सहमतिको विकल्प नभएको पनि बताउनु भयो । पार्टीको १ नं. प्रदेश समितिको बैठक ११ बजेबाट सुरु हुनेछ । उक्त बैठकमा पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ पनि अध्यक्षसँग इटहरी जानुभएको छ । अध्यक्ष प्रचण्ड भोली राजधानी फर्कनु हुनेछ ।

कात्तिक ६, २०८१ बुधबार ५:१७:५१