केन्द्रीय समिति बैठकद्वारा सदस्यहरुको कार्यविभाजन सहित एक महिने कार्ययोजना पारित

काठमाडौं, १० जेठ । हिजोबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकले सदस्यहरुको कार्यविभाजन सहित एक महिने कार्ययोजना पारित गरेको छ । बैठकले अध्यक्ष प्रचण्डको नेतृत्वमा ९ सदस्य पार्टी हेडक्वाटरको पनि तोकेको छ । सचिवालयमा अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, बादल, कृष्णबहादुर महरा, देव गुरुङ, मातृका यादव, जयपुरी घर्ती र तिलक परियार रहनु भएको छ ।

त्यसैगरी बैठकले ५१ जनाको केन्द्रीय सचिवालय र १५१ जनाको पोलिट्ब्यूरो रहने पनि निर्णय गरेको छ । बैठकले एकता प्रक्रियालाई पूर्णता दिन तलसम्म एकता गर्न ७ वटै प्रदेशमा एकता भेला÷प्रशिक्षण गर्नको लागि केन्द्रीय समितिका सदस्यहरुलाई जिम्मा दिएको छ । बैठकले नेता वर्षमान पुन ‘अनन्त’को संयोजकत्वमा १३ सदस्यीय एक कार्यविधि तयार गर्ने समिति गठन गरेको छ । उक्त समितिले १ महिनाको समयमा कार्यविधि तयार गर्नेछ ।

त्यसैगरी अध्यक्षको संयोजकत्वमा ७ सदस्यीय केन्द्रीय सम्पादक मण्डल गठन भएको छ । उक्त सम्पादक मण्डलले एकता विषेशाङ्क मुखपत्र प्रकाशन गर्ने निर्णय पनि भएको छ । उक्त प्रकाशन मण्डलमा अध्यक्ष प्रचण्डको संयोजकत्वमा नारायण शर्मा, दीनानाथ शर्मा, गोपाल किराती, गोपाल ठाकुर, सुरेश आलेमगर रहनु भएको छ । बैठकले पार्टी प्रवक्तमा नेतृ पम्फा भुसाललाई तोकेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रभण्डले भन्नुभयो, ‘अब हामी सानो पार्टी होइन देशकै ठूलो पार्टी र जिम्मेवार कम्युनिष्ट क्रान्तिकारी शक्ति बनेका छौं । पार्टी एकताको आधार १३ बुँदे सहमति हो । माओवादी शक्तिहरु एकतावद्ध नहोस् भन्ने चाहान्थे केही तत्वहरु । त्यसैले सबै प्रक्रिया पुरा नगरी कनै एकता गर्यौं ।’

कात्तिक ६, २०८१ बुधबार ३:२१:४७