खेलाडीलाई राज्यले उचित सम्मान नगरेको धाविका राईको गुनासो

mira rai_prachanda_meet-072-09-17 (2)काठमाडौं, १७ पुस । विश्व चर्चित अल्ट्रा म्याराथुन धाविका मिरा राईले आज बिहान एमाओवादी अध्यक्ष प्रचण्डसँग भेटी राज्यले आफूहरुको उचित सम्मान र मुल्याङ्कन नगरेको गुनासो गर्नुभएको छ । एमाओवादी अध्यक्ष प्रचण्डलाई भेट्न लाजिम्पाट पुग्नुभएकी राईले सो कुरा बताउनु भएको हो । विगतमा माओवादी आन्दोलनमा लागेर नै आफू यो स्थानमा पुगेको बताउँदै उहाँले जनयुद्धका नायकका रुपमा प्रचण्डलाई पाएर आफूलाई गौरव महशुस भएको पनि बताउनु भयो ।

अध्यक्ष प्रचण्डले जनयुद्धका योद्धाहरुको साहस र वीरताको इतिहासमा मिरा राईको नाम पनि अंकित भएको बताउनु भयो । उहाँले राईले संसारलाई नै आश्चर्यचकित पारेको भन्दै बधाई दिनुभयो । सो क्रममा अध्यक्ष प्रचण्डले राईको अल्ट्रा म्याराथुन यात्राको बारेमा जिज्ञासा राख्नुभएको थियो ।

धाविका राईले जनमुक्ति सेनाबाट बहिर्गमनमा परेर बिदेशीन तयार भएको तर जनसेनाको प्रोत्साहनमा आफू धाविका बनेको बताउनु भयो । अध्यक्ष प्रचण्डले खेलाडिहरुको राज्यले उचित सम्मान गर्नुपर्ने बताउँदै यस विषयमा सरकार र पार्टीमा आफूले छलफल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राईले नेपाल हिमाल र पाहाडहरुको देश भएकाले अल्ट्रा म्याराथुनको प्रचुर सम्भावना भएको बताउनु भयो । उहाँले अल्ट्रा म्याराथुनलाई प्रोत्साहन गर्नसके देशमा राम्रो पर्यटन प्रवर्धन हुने बताउनु भयो । उक्त भेटमा नेपाली जनप्रगतिशील मंच, स्पेनका अध्यक्ष गंगा भूसालले स्पेनमा नेपालीहरुको स्थितिका बारेमा अध्यक्ष प्रचण्डलाई बताउनु भएको थियो ।

गत असोजमा स्पेनमा सम्पन्न ‘सालोमन प्रिनेउ अल्ट्रा दौडु मा नेपाली चेली रार्इ विश्व उपविजेता बन्न सफल हुनुभएको थियो । संसारकै पाँच उत्कृष्ट दौडमध्येको एक सय १० किलोमिटर लामो ‘सालोमन प्रिनेउ अल्ट्रा दौड मा उहाँले विश्वका चर्चित धावकलार्इ पछि पार्दै विश्व उपविजेता बन्नु भएको हो । सो दौड १३ घन्टा ४३ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरेर नेपालको नाम विश्वभर फैलाउनु भएको थियो । विश्वका चर्चित उक्त दौडमा स्विटजरल्यान्डकी धाविका इमिली फोर्सब्रगले सोही दुरी १३ घण्टा ३९ मिनेट ३३ सेकेन्डमा पुरा गर्नुभएको थियो।

mira rai_prachanda_meet-072-09-17 (1) mira rai_prachanda_meet-072-09-17 (4)

कात्तिक ६, २०८१ बुधबार ५:११:४४