जति चाँडो नाका खुल्छ त्यति नै मधेसवादी दलहरुलाई राजनीतिक हित हुन्छः अध्यक्ष प्रचण्ड

cm-1महोत्तरी, २० पुस । अध्यक्ष प्रचण्डले सिमामा भएको अवरोध जति छिटो खुल्छ त्यति नै मधेसवादी दलहरुलाई राजनीतिक हित हुने बताउनु भएको छ । प्रदेश नं. २ को प्रदेश समिति बैठकलाई प्रशिक्षणका क्रममा आज दिँउँसो महोत्तरीको बर्दिवास पुग्नुभएका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँग भन्नुभयो, मधेसमा केही मानिस आफूलाई मधेसको मसिहा ठान्छन् मधेसी जनता उनीहरुको भ्रमबाट मुक्त हुन जरुरी छ ।’

अध्यक्षले अगाडि भन्नुभयो, ‘एमाओवादी पार्टी वर्तमान समस्याको समाधानका लागि गम्भीर भएर लागेको जनताले बुझेका छन् तर केही मान्छे यो प्रक्रिया भाँड्न लागेका छन् ।’

अध्यक्षले, ‘हामी युद्धमा हुँदा एक पक्षीयरुपमा ३ महिना युद्धविराम गरेका थियौं, जसले गर्दा ज्ञानेन्द्रले आफ्नो अमेरिका भ्रमण रोकेका थिए, यदि ३ महिना युद्धविराम नगरेको भए १२ बुँदे सहमति पनि हुँदैनथ्यो, यो कुरा मैले मधेशवादी दलहरुलार्इृ बारम्बार भन्ने गरेको छु’ भन्नुभयो ।

अध्यक्षले हिजो हुने भनिएको निर्णायक वार्ता हुन नसके पनि निर्णायक वार्ताको प्रयासमा भने अघि बढेको बताउनु भयो । अहिलेसम्म भएका वार्ता र छलफलका प्रयासहरु एमाओवादी कै पहलमा भएको पनि उहाँले स्पष्ट पार्नुभयो । सदनमा मन्त्रीहरुको जवाफ सकिएपछि २ वटै विधयकहरु अगाडि जाने उहाँको भनाई थियो ।

2 state_meeting
एमाओवादी २ नं. प्रदेश समितिको बैठक, बर्दिवास

सबैले माने भने हिजो भनिएको सिमाङ्कनको क्लष्टर आफूहरुले पनि मानेर जानेमा कुनै समस्या नभएको अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । उहाँले क्लस्टरको निम्ति ३ महिना भित्र सिमाङ्कनको टुङ्गो लगाउने बारेमा सबै पार्टी नजिक पुगेको बताउनु भयो ।

2 state_meeting-2
एमाओवादी २ नं. प्रदेश समितिको बैठक, बर्दिवास

देशको परिस्थिति नै सन्तुष्टि हुने खालको नभएको बेला पनि आफ्नो पार्टीले मन्त्रीहरुको कामकारबाही प्रभावकारी बनाउन समिक्षा गरिरहेको अध्यक्ष प्रचण्डले बताउनु भयो । मधेसमा बाबुराम भट्टराईको पक्षमा एमाओवादी नेता कार्यकर्ता लागेनि भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष प्रचण्डले वास्तविक माओवादी अहिले पनि एमाओवादीमै रहेको स्पष्ट पार्नुभयो ।

कात्तिक ६, २०८१ बुधबार ५:५:४७