मधेसी मोर्चा र तीन दलबीच आज सहमति हुन्छः अध्यक्ष प्रचण्ड

cm-1मोरङ, १९ पुस । अध्यक्ष प्रचण्डले आज साँझ हुने तीन दल र मधेसी मोर्चाबीचको छलफलमा सहमति हुने बताउनु भएको छ । काठमाडौं आउने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले साे कुरा बताउनु भएकाे हाे ।

१ नं. प्रदेशको प्रदेश समितिको बैठकमा सहभागी हुन सुनसरीको इटहरी पुग्नुभएका अध्यक्षले भन्नुभयो, ‘दिउँसो ४ बजे तीन दलहरुबीच छलफल गर्ने र ५ :३० बजे ३ दलसहित मधेसी मोर्चाबीच छलफल भई सहमति बन्नेमा आशावादी छु ।’

संविधान संशोधन प्रस्ताव पारित भएपछि ३ महिनामा सिमाङ्कनको समस्या हल हुने उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले वर्तमान समस्याको निकासका लागि भारतसँग पनि वार्ताका लागि कुटनीतिक प्रयास भईरहेको जानकारी दिनुभयो ।

कात्तिक ६, २०८१ बुधबार ५:९:१२