अध्यक्ष क. प्रचण्डद्वारा सचिव क. अनन्तको उपचारमा सम्लग्न चिकित्सकहरुसँग परामर्श

ananta

काठमाडौं, २३ पुस । अध्यक्ष प्रचण्डले सचिव क. अनन्तको उपचारमा सम्लग्न चिकित्सकहरुसँग आज बैंककस्थित समितिवेज अस्पतालमा परामर्श गर्नुभएको छ । चिकित्सकहरुले अध्यक्ष प्रचण्डलाई क. अनन्तको स्वास्थ्य अवस्थामा विगतमा भन्दा सुधार आएको बताए । गत हप्ता उहाँको शरीरमा बढेको बिलिरुबिनको मात्रा अहिले घटेको छ ।

anata_bangkok (1) anata_bangkok (2) anata_bangkok (3)

चिकित्सकहरुले अहिले पनि उहाँको रोगको बारेमा अनुगमन गरिरहेको अध्यक्ष प्रचण्डलाई जानकारी गराए । उपचारमा सम्लग्न चिकित्सकहरुका अनुसार उहाँलाई चाँडोभन्दा चाँडो नेपाल लैजाने बारे सल्लाह भईरहेको छ । क. अनन्तको फोक्सोमा केही समस्या देखिएकाले आज सिटीस्यान गरिँदैछ । उहाँलाई हल्का ज्वरो आएको छ ।

बुधवार बिहान थाइल्याण्ड प्रस्थान गर्नुभएको अध्यक्ष प्रचण्ड सोही दिन क. अनन्तको उपचार भईरहेको बैंककस्थित समितिभेज अस्पताल पुग्नुभएको थियो । क. अनन्त विगत १ महिनादेखि जण्डिस रोगको उपचारको क्रममा बैंककमा हुनुहुन्छ । अध्यक्ष प्रचण्ड भोली स्वदेश फर्कनुहुनेछ ।

कात्तिक ६, २०८१ बुधबार ३:३२:४८